ट्रम्पद्वारा रुस र युक्रेनबीच ३ दिन युद्धविराम घोषणा – Buletnews
ट्रम्पद्वारा रुस र युक्रेनबीच ३ दिन युद्धविराम घोषणा
  • बुलेट न्युज

ट्रम्पले युद्धविराम अवधिमा दुई देशबीच हजार कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु– रुस र युक्रेनबीच मे ९, १० र ११ तीन दिन युद्धविराम हुनेछ। रुसले विजय दिवस मनाउँदै छ र युक्रेनले पनि मनाउँदै छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धका हिस्सा हुन्।’

उनले अगाडि लेखेका छन्, ‘यस युद्धविराममा लडाइँका सबै गतिविधि रोक्ने र दुवै देशका हजार कैदी आदानप्रदान हुनेछ। मेरो अनुरोध स्वीकार गरेकामा म राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभारी छु।’

प्रतिक्रिया दिनुहोस्