एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत हेर्न पाउने – Buletnews
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत हेर्न पाउने

दुईभन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान

  • बुलेट न्युज

बाँके: परीक्षा बोर्डले (एसईई)को नतिजा सार्वजनिक गरेको छ। नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउनेसमेत व्यवस्था गरिएको बोर्डले जनाएको छ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले विज्ञप्ति जारी गर्दै विद्यार्थीले अनलाइनमार्फत नै पुनर्योगका लागि आवेदन दिन सक्ने जनाएका छन्।

पुनर्योग गर्न चाहने परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ। पुनर्योगका साथै विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन समेत पाउने बोर्डले जनाएको छ।

परीक्षामा १ लाख ४६ हजार विद्यार्थी ननग्रेडेड भएका छन्। एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। दुईभन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्