बाँके: राप्ती सोनारी ८ शमशेरगञ्जमा अवस्थित अष्टम साना किसान सहकारी संस्था लिमिटेडको तेस्रो एकीकरण दिवस उत्साहपूर्णले सम्पन्न भएको छ।
कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो एकीकरण दिवसको यात्रा मनाउदै किसानहरूको लागि मात्र नभएर समग्र समुदायका लागि पनि एक भरोसायोग्य सहारा बन्दै गएको बताईएको छ ।
सो अवसरमा हामी सबैको संयुक्त प्रयास तपाईँका सपना र किसानहरूका योगदानले नै यो सफलता सम्भव भई भविष्यमा पनि हामी निरन्तर अग्रसर भएर अधिक किसानहरूलाई सशक्त बनाउँछौं, राष्ट्रिय सहकारी महासङ्घ सञ्चालक सदस्य तथा जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीले भने ।
अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हरिस केसीले अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेड बाँके जिल्लाकै उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत समेत भई, संस्थाको आम्दानी, बचत, सेयर प्रस्तुत गरी दुध डेरी सङ्कलन, शिविर सञ्चालन, विद्यालयमा सहकारी शिक्षा शाखा प्रदान, रगत सङ्कलन जस्ता राम्रा कार्यहरू गर्दै आएको बताए ।
कार्यक्रममा उत्कृष्ट संस्थाको रूपमा कचनापुर साना किसान कृषि सहकारी संस्था उच्च मूल्याङ्कनको रूपमा उत्कृष्ट भई उक्त संस्थालाई बाइक हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सम्पूर्ण संस्थाका उत्कृष्ट सञ्चालक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट प्रबन्धकको कार्य मूल्याङ्कन गरी उनीहरूलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा विभिन्न सहकारीका अध्यक्षहरू, संघसंस्थाका अध्यक्ष कर्मचारी, प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।











