नेपालले गर्यो अमेरिकालाई नौ विकेटले पराजित – Buletnews
नेपालले गर्यो अमेरिकालाई नौ विकेटले पराजित
  • बुलेट न्युज

काठमाडौं: कुशल भुर्तेलले शानदार शतक प्रहार गरेसँगै नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको खेलमा अमेरिकाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा केबल एक विकेट गुमाएर पुरा गरयो ।

नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले सर्वाधिक १२० रन बनाएर नट आउट रहे । ११८ बलको सामना गरेका उनले १३ चौका र ४ छक्का प्रहार गरे ।

त्यसैगरी, आशिफ शेखले ७२ बलमा ५८ रनको योगदान दिए भने ईशान पाण्डेले ३० बलमा २० रन जोडे । अमेरिकाका मोहम्मद मोहशिनले एक विकेट लिए ।

त्यसअघि कीतिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर १९५ रन बनायो ।

प्रतिक्रिया दिनुहोस्