दङगिशरणका युवा तरबुजा खेती गरेर आत्मनिर्भर बन्दै – Buletnews
दङगिशरणका युवा तरबुजा खेती गरेर आत्मनिर्भर बन्दै

तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनीहरूको योजना

  • बुलेट न्युज

दाङ: दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन् ।

स्वदेशमा नै केही गरौँ भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताए । आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको बताए ।

हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी जातका तरबुजा खेती गरिरहेको उनले जानकारी दिए ।

हाल आहाना, प्रतिकिलो ८० र स्विटहनी, सरस्वती, पूजा, दिव्या जातका तरबुजा प्रतिकिलो ५० रुपैयाँका दरले गाउँमा नै बिक्री भइरहेको छ । गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ ।

तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनीहरूको योजना छ ।

प्रतिक्रिया दिनुहोस्