दाङ: लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बिहीबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठक आज दिउँसो १ बजे बस्नेछ ।
बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिएका छन ।
यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले‘महालेखा परीक्षकको पाँचौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नुहुनेछ ।











