माओवादीका २७ सदस्यले गरे प्रहरीसमक्ष आत्मसमर्पण – Buletnews
माओवादीका २७ सदस्यले गरे प्रहरीसमक्ष आत्मसमर्पण
  • बुलेट न्युज

एजेन्सी: बिहीबार भारतीय राज्य झारखण्डको राजधानी राँचीमा प्रतिबन्धित भारतीय कम्युनिस्ट पार्टी  (माओवादी) का २७ सदस्यले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरूले झारखण्ड प्रहरीका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा हतियार बुझाएका हुन्। यो आत्मसमर्पण झारखण्ड प्रहरीको ‘अपरेसन नवजीवन’अन्तर्गत भएको हो।

प्रहरी अधिकारीहरूका अनुसार आत्मसमर्पण गर्नेहरू धेरै मुद्दामा वान्टेड थिए। झारखण्डका डीजीपी तदशा मिश्राले राज्यमा विद्रोह समाप्त गर्न सुरक्षा बलको संयुक्त अभियान जारी रहने बताएइन्।

उनले आत्मसमर्पण गरेका २७ माओवादीको पुनर्स्थापनामा सरकारले पूर्ण सहयोग गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्