कोहलपुर,बाँके: बाँकेको कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र को नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा एकराज शर्मा निर्वाचित भएका छन् ।
निर्वाचनमा कुल ७२६ मतदाता रहेकोमा ४७५ मत खसेको निर्वाचन समितिले जनाएको छ । अन्तिम मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार एकराज शर्माले ३२५ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धी सुष्मा शर्माले १३२ मत प्राप्त गरिन् ।
त्यस्तै, कोषाध्यक्ष पदमा राजेन्द्र बिष्ट २७३ मतसहित विजयी भए भने उनकी प्रतिस्पर्धी गीतादेवी शर्माले १८० मत प्राप्त गरिन् । सह–सचिव पदमा ईश्वर प्रसाद शर्मा ३०२ मतसहित विजयी हुँदा शर्मिला मल्लले १४१ मत प्राप्त गरिन् ।

महिला सदस्यतर्फ दुई पदका लागि भएको निर्वाचनमा लक्ष्मी कुमारी पौडेल ३६३ मत र मिना कुमारी बी.सी. ३१६ मतसहित विजयी भए । अर्की उम्मेदवार हरिकला अधिकारीले १११ मत प्राप्त गरिन् ।
खुल्ला सदस्यतर्फ तीन पदका लागि भएको प्रतिस्पर्धामा संगिन शर्मा ३३६ मत, बिरेन्द्र कुमार शाही ३१३ मत तथा जीलेदार थारू २८७ मतसहित विजयी भए । अन्य उम्मेदवारहरू हेमराज बरालले १६९ तथा दीपक कुमीर राईले १४७ मत प्राप्त गरेका छन् ।

यस अघि उपाध्यक्ष पदमा निर्मल आचार्य र सचिव पदमा रबिन्द्र प्रसाद सुवेदी निर्बिरोध निर्वाचित भईसकेका थिए ।











