चीनबिरुद्द कुशल मल्लको अर्धसतक – Buletnews
चीनबिरुद्द कुशल मल्लको अर्धसतक
  • बुलेट न्युज

काठमाडौँ: एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक बनाएका छन् । मल्लले ३२ बलमा ५० रन पूरा गरेका हुन् ।

नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले शतक बनाएका हुन् ।

४२ बलको सामना गर्दै उनले १२९ रन बनाएका हुन् । अहिले क्रिजमा कुशल मल्ल रोहित पौडेल छन् । १४ ओभरको समाप्तिमा नेपालले दुई विकेटको क्षतिमा २१९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्