बाँके: बाँकेको नेपालगन्जस्थित एक सहकारी संस्थाका अध्यक्षलाई ठगी आरोपमा कास्कीको पोखराबाट प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले मङ्गलबार पोखरा महानगरपालिका–८, सिर्जनाचोकबाट ४३ वर्षीय जितेन्द्र थापालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बाँके जिल्ला अदालतबाट ठगी कसुरमा पक्राउ पुर्जी जारी भएका इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थापालाई नियन्त्रणमा लिइएको हो। “पोखराबाट उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पठाएका छौँ,” प्रहरी नायब उपरीक्षक पासवानले भने।










