अमेरिका र इरानबीच ऎतिहासिक शान्ती सम्झौता – Buletnews
अमेरिका र इरानबीच ऎतिहासिक शान्ती सम्झौता
  • बुलेट न्युज

President Donald Trump speaks with the media before boarding Air Force One, Monday, March 23, 2026, at Palm Beach International Airport in West Palm Beach, Fla. (AP Photo/Mark Schiefelbein)

एजेन्सी: अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै देश ‘शान्ति सम्झौता’ मा पुगेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको र यो लागू भइसकेको पुष्टि गरेका छन् । उनका अनुसार आगामी शुक्रबार स्विट्जरल्यान्डमा यो सम्झौताको औपचारिक हस्ताक्षर समारोह तय गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको घोषणा गरेका छन् । सम्झौतापछि वासिङ्टनले हर्मुजमा लगाउँदै आएको नौसैनिक नाकाबन्दी समेत अन्त्य गर्ने घोषणा राष्ट्रपति ट्रम्पले गरेका छन् ।

यसैबीच, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौताको स्वागत गरेका छन् । इरानले आफ्नो आणविक कार्यक्रमका सन्दर्भमा चाल्ने कदमका आधारमा उनीहरूले इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्