नेपालगञ्जमा बालेन समर्थक गाडीबाट खस्दा ५ जना घाइते – Buletnews
नेपालगञ्जमा बालेन समर्थक गाडीबाट खस्दा ५ जना घाइते

घटना विमानस्थलभित्रकै सडकमा,गाडीको गति कम भएकाले घाईतेलाई सामान्य चोट

  • बुलेट न्युज

बाँके:  बालेन शाह नेपालगञ्ज जाने क्रममा उनका समर्थकहरूलाई लिएर विमानस्थल नजिक पुगेको एउटा गाडीबाट ४–५ जना व्यक्ति खसेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटना विमानस्थलभित्रकै सडकमा भएको र गाडीको गति कम भएकाले उनीहरूलाई सामान्य चोट मात्रै लागेको छ।

बालेन शाह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका छन् र हाल चुनावी प्रचारका लागि पश्चिमतर्फ गएका छन्। उनी झापा–५ बाट चुनाव लड्दैछन्।

प्रतिक्रिया दिनुहोस्